काठमाडौं । लिबर्टीको आइपीओमा लगानीकर्ता आकर्षित भएका छन् । कम्पनीको आइपीओमा शुक्रबार साँझ सम्म ९८ प्रतिशत सेयर बिक्री भएको छ । आइपीओमा १ लाख १२ हजार २२६ आवेदन परेको छ ।
उक्त आवेदनमार्फत ३५ लाख ७० कित्ता सेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । आवेदकले प्रतिकित्ता १०० अंकित दरका सो सेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड र चुक्ता पूँजी एक अर्ब १२ करोड ५० लाख छ । साधारण सेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ५० करोड पुग्नेछ ।
प्रतिक्रिया