२५ चैत्र २०८१, सोमबार | April 8, 2025

जुम्लामा डिप्लोमा इन फार्मेसी पठनपाठन गर्न अनुमति



जुम्ला । नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसँगै यहाँ पढाइ हुने भएको हो ।

डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महङ्गो तिरेर पढ्न बाध्य थिए । अब कर्णालीमै पहिलो पटक पढाइ हुन थालेपछि यहाँ निकै उत्साह देखिएको छ ।

कर्णाली प्राविधिक शिक्षालयका प्रमुख आशाकुमारी श्रेष्ठले डिप्लोमा इन फार्मेसी पढ्न तराईका जिल्लामा जानुपर्ने बाध्यता टरेको बताइन । श्रेष्ठले भनिन, “अब सस्तो, सुलभ र गुणस्तरीय रुपमा जुम्लामै औषधि विज्ञानको (डिप्लोमा इन फार्मेसी) पठनपाठन हुनेछ । यो समग्र कर्णालीको लागि निकै सुखद् पक्ष हो ।”

यो तीनवर्षे कोर्ष हुनेछ । कर्णाली प्राविधिक शिक्षालय २०३७ सालमा स्थापना भएको थियो । टेस्टपास (१० कक्षा) एसएलसीदेखि डिप्लोमा तह सम्मको शैक्षिक कार्यक्रम चलिरहेको छ ।

शिक्षालय प्रमुख श्रेष्ठले भनिन, “तीन वर्षमा ९५ हजार रुपैयाँमा ६६० सम्म खर्च हुने देखिन्छ । यो कर्णालीका विद्यार्थीका लागि निकै सस्तो शिक्षा हुनेछ ।”

डिप्लोमा इन फार्मेसीका लागि ४० वटा कोटा निर्धारण गरिएको छ । जसमध्ये जुम्लाको लागि ४ जना, कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट २/२ जना हुनेछन् । चार जनाले छात्रवृत्तिमा शिक्षा आर्जन गर्न पाउनेछन् । १४ सिट समानुपातिक ढङ्गबाट भर्ना गरिने छ ।

यहाँ अध्यययन गरेका ९५ प्रतिशत विद्यार्थी सरकारी जागिरे छन् । केही कसैले आफ्नो पेशा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन् ।

डिप्लोमा इन फार्मेसी विषयको पढाई हुने भएकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क गर्न शिक्षालयले आग्रह गरेको छ ।

प्राविधिक शिक्षालयले टेस्टपास एसएलसीअन्तर्गत कृषि, निर्माण, अनमी र सिएमए तथा डिल्पोमा तहअन्तर्गत ओभरसियर, आईएस्सीएजी र फरेस्ट्री कार्यक्रम सञ्चालनमा छन् ।

लाखौँ रकम खर्चेर महङ्गा कलेजमा गएर प्राविधिक विषय अध्ययन गर्नबाट विद्यार्थीलाई राहत मिल्यो, शिक्षालय प्रमुख श्रेष्ठले भनिन, “यो प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्योग जस्तै बनेको छ । यहाँको जनशक्ति देशभर छरिएर सेवा गरिरहेको छ । यो कर्णालीका लागि सकरात्मक पक्ष हो ।”

कर्णाली प्राविधिक शिक्षालय शैक्षिक हब मात्र बनिरहेको छैन । सदरमुकाम खलङ्गा पुग्ने जो सुकैले एक पटक प्राविधिक शिक्षालयको अवलोकन गर्ने गरेका छन् । यसले पर्यटन प्रवद्र्धनलाई समेत टेवा पु-याएको छ ।

कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालन हुन थालेको डिप्लोमा इन फार्मेसीको पठनपाठन निकै अनुशासित र व्यवस्थित बनाउँदै लैजाने कर्णाली प्राविधिक शिक्षालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ८ : ३४ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग