कोरोना कहरका बिचमा तीज पर्व मनाइरहदा मेरो मानसपटलमा धेरै कुराहरू घुमिरहेकाछ्न । जसरी स्वतन्त्रतापुर्वक खुल्लमखुल्ला तीजमा नाचिन्थ्यो, गित गाइन्थ्यो त्यो असम्भव प्रायस् भएको छ ।
कोरोनाबाट बच्न सामाजिक दुरीर भौतिक दुरी कायम गर्नुपर्ने हुन्छ । नाच्ने गाउने भिडभाड नाच्नेगाउने त निकै टाढाको बिषय भएको छ । कोरोनाको कहरले यसपालीको तीजमा रहर मारेर बस्नुपर्ने अवस्था छ । हजारौंको संख्यामा कोरोना संक्रमण बढिरहेको छ । क्वारेन्टाइन, आइसोलेसन र हस्पिटलमा कोरोना ससन्कित देखि सक्रमित मानिसहरुले भरिएको अवस्था छ ।
प्रत्येक मानिस तर्सित छ। विश्व नै तरङित छ । एउटा नियमित चलिरहेको आम मानिसको जिन्दगीमा एकाएक कोरोनाले लकडाउन गरिदिएको छ, थुनिदिइएको छ । रोगको बन्धकिमा भोक प्यासले अतालिने अवस्था आउने हो कि चिन्ता छ । यि सबै हुदाहुदै पनि फेरी बाच्नु छ यहा, नाच्नु छ, जिवन र जगतलाइ अगाडि बढाउनुपर्ने छ । पुन: आममानिसको जिन्दगीलाइ चलयमान बनाउनु छ ।
चिन्ताको बिचमा कोरोनाको कालो रातपछि सुनौलो सुन्दर बिहान आउने आशा छ । बर्तमान परिस्थितिसग डराएर होइन, धैर्यतापुर्वक मुकाविला गर्न नै आजको ठोस आवश्यकता हो । चिच्याएर , अतालिएर, आत्तिएर बर्बाद भो भनेर केहि सुध्रने पनि होइन, बन्ने पनि होइन । एउटा दृढ र कठोर सत्यलाइ स्विकार्दै अगाडि बढनु बाहेक अर्को विकल्प छैन । यो जिवन संचालनको लागि अपरिहार्यता हो । जेजस्तो परिस्थिति भए पनि शक्ति र शाहसमा बदल्नुपर्छ । आफु बाच्दै, अरुलाइ पनि बचाउदै अब फेरी दुनियाँलाइ चलयमान बनाउनुपर्ने छ ।
हाम्रा आफ्ना मौलिक चाडपर्वहरुले हामीलाइ रमाइलो र खुसि तुल्याउछ । दशैतिहार, हरितालिका तीज, होली, माघेसक्रान्ती यस्तै तमाम मेलापर्वले पारिवारिक भेटघाट गराउछ । उल्लास , उमंगको परिवेश सृजना हुन्छ । कोरोनाको कहरले गर्दा यसपटकको तीज समुहमा जम्मा भएर तिजका गित गाउने, अनि नाच्ने अवस्था छैन । कोरोनाको बिचमा तिजको गितमा नाचौ कि भन्ने मनभित्र रहर त पक्कै छ । यस्तो रमाइलो साङ्गेतीक पर्वमा कसको पो मन होला र गित नगाउ, ननाचौ । मानसपटलमा बिगतमा मनाइएका चाडपर्वका यादहरु असरल्ल आइरहेकाछ्न यतिबेला ।
मलाई पुरै याद छ । मेरो जन्मभुमि गुल्मी धुर्कोट पिपलधारा सुन्दरवस्ती(जुम्लादिमा साउने सक्रान्ती देखी नै तिज लाग्दथ्यो । ‘तिजको लहर आयो बरिलै’ भन्ने बोलको गितले अहीलेपनि अतितको तिजको झल्को आइरन्छ्न । बेलुकीपख खाना खाएर वल्तिरपोल्तिरका दिदिबहिनी जम्मा भइ गित गाएर नाज्दा कति रमाइलो हुन्थ्यो । आफ्ना पिरब्यथा, सुखदुखका अनुभवहरु, कतै घटेका घटनाहरु टपक्क टिपेर गितको माध्यमबाट पोख्नुहुन्थयो । ‘रनजु रनजु गाइका खुर लर्के’ भन्ने गित गाएर आमाहरु खुट्टा लर्काउदै रातभरी घरको दलान, आगनमा नाचेको मेरो मानसपटलमा अहिलेपनि घुमीरहन्छ ।
तिजको राम(मेला)मा कहिले बारीको मकैमा झुन्डिएको त कहिले मल्खाताको झिक्रोमा झुन्डिएको काक्रो सिङ्गौ क्रयामक्रयाम खादै तिजको डाडो(चौर)मा गइन्थ्यो । पोखरीको डाडा, पिपलधारा, खनदहमा तिजको राम हुन्थ्यो । मेलालाइ हामी राम भन्छौ। गुम पाकुम गुम मादलको साथमा उत्सार र उर्जाले भरीएर गाइएका मिठामिठा स्वरले सज्जीएका गितमा कहिले एकल त कहिले जोर (दूई जना) नाँचको प्रतिस्पर्धा नै हुन गर्दथ्यो । सयौ महिलाहरु बिभिन्न अलंल्कार, गरगहना, नयाँ लुगा लगाएर तिजको मेलामा जाने हतार गरको याद आज पनि झलझली आउँछ ।
गाउका चेलीहरु माइती सम्झेर बर्ष दिनमा बाबाआमा भेट्न आउने, आफ्ना पुराना समकालिन साथी सगी भेट्ने, तिजका रमाइला गित गाउने नाच्ने गर्दा गाउ नै उल्लासमय हुन्थ्यो । बर्षभरीका दुखसुख माइती सग साट्ने, दुइतिन भए नि रमाइलोसग समय काट्ने अवसर हुन्थ्यो तीज । अहिले जस्तो संचारको पहुँच थिएन ।
हालखबर सन्चोबिसन्चोको जानकारी लिन घर सम्मै धाउनुपर्थ्यो । बर्खामास खोलानाला बढ्थे, बाडि पहिरोको डर हुन्थ्यो । खोलामा पक्कि पुल त के झोलुङ्गे पुल पनि उपलब्ध थिएन । यातायातको कुरै नगरौ । बाटो नै थिएन । कोशौ टाढा हिडेर जानुपर्थ्यो । माइति जानलाइ आफ्ना बालबच्चा बोकेर काधमा राखेर झरीमा पनि बडो कठिन बाटो हिड्दा पनि माइत जाने रहरले चेलीको अनुहारमा धपक्क मुस्कान छचल्ककिएको प्रष्ट देखिन्थ्यो ।
कृष्ण जन्माष्टमीलाइ सानो तीज भन्थ्यौ। सानो तीजमा पनि चौरमा भगवान कृष्णसग सम्बन्धित गित गाइन्थ्यो । ठुलो तीजको अघिल्लो दिन एकभक्ती अर्थात दरखाने दिन बेलुकाको स्वादिष्ट भोजनले अहिले पनि जिब्रो रसाउछ । तिजको दिन महिला दिदीबहिनी बर्त बस्नुहुन्थ्यो । कतिपय त निराआहर बर्त बसेर दिनभरी तिजको गित गाएर नाच्नु हुन्थ्यो ।
आफ्नो पतिको दिर्घायुको लागि तीजमा बर्त बस्ने कतिपय महिला दिदीबहिनीहरु माथी त्यहि पतिले मदिरा सेवन गरेर हेपाह, गालिगलौच र हिंसा गरेको देख्दा सारै दुख लाग्दथ्यो । महिला दिदीबहिनीले तीजको गितमा घरमा आफ्नो पती, सासुससुराले गरेको थिचोमिचो गरेका प्रसङ्गहरु जोड्नुहुन्थ्यो ।
तिजको पन्चमीको दिन छिमेकी जिल्ला अर्घाखाँची जिल्लाको खनदहमा मात्र राम हुन्थ्यो, पच्चमीको पुजा सकिएपछि हसाङपस्याङ गर्दै तिजको राम हेर्न गइन्थ्यो । पन्चमीको राम लगभग त्यो बर्षको अन्तिम राम हुन्थ्यो । हुनत कहिलेकाही सोर्ह श्रद्धा शुरु हुने पुर्णिामामा पनि गित गाइन्थ्यो ।
तीजको मेलामा पाकेको जेरीले बास्नाले तनक्क तान्थ्यो । नयाँ राम्रा लुगा लगाएर दिदिबहिनीहरु जान्थे । रातो साडिले होला, मेला रातै रातै देखिन्थ्यो । ‘लालु मैू’ ‘पालु मै‘ ‘धुर्व तारा’ यस्तैयस्तै विभिन्न थेगोवाला तिजका गितहरु गाइन्थे । बहुदल आएपछि अलि बढी राजनीतिका गितहरु गाइन्थे । गितका माध्यमबाट आफ्नो पार्टी र नेताको अलि बडि नै देवत्व गर्दथे भने बिपक्षी पार्टिको खैरो खनिन्थ्यो ।
राजनीतिले त्यतिबेला पानी बाराबार भयो भन्ने हामि सुन्थ्यौ । दलका धेरै युवाहरु दादाडनको भुमिका थिए । कहिलेकाही तिनै डनले तिजको राममा बितण्डा मच्चाउथे । भाग दौडले बुडाबुडी र केटाकेटीको बिचल्ली हुन्थ्यो । बुद्धि भन्दा बल र डाङ्गडुङ्ग बढी नै चल्थ्यो । जे होस तिजको राम(मेला) छुटाइन्नथ्यो कहिले पनि । स्कुले जीवनको उत्तरार्धको समयमा गाउँका अरु साथी भाइहरु मिलेर टाढा टाढा सम्म पनि तीज गित हेर्न गैइन्थ्यो। त्यो उमेर सायद त्यस्तै हो कि रातीमा हिड्न पनि कति जागर लागेको हुन्थ्यो । निकै रमाइलो हुन्थ्यो ।
फेरी त्यस्तो दिन कहिले आउला ?
बर्ष २०७७ हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना !!
प्रतिक्रिया