२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पहिरोले घर बगाउँदा दैलेखमा दुईको मृत्यु, छ घाइते



दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले सात घर बगाएको छ ।

पहिराले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–४ का १२ वर्षीय जनक कठायत रहेका छन् ।

मृतकका बुबा ४२ वर्षीया टीका कठायत, आमा ४० वर्षीया धनसरा कठायत, दिदी १७ वर्षीया बेल कठायत, दाजु १५ वर्षीय शम्शेर कठायत घाइते भएको वडा नं ४ वडाध्यक्ष रमेश सिजापति बताए ।

सिजापतिले भने, ‘हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार ग¥यौँ । एकजनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ ।’

बेपत्ता हुनेमा दानबहादुर कठायतका११ वर्षीय छोरा लोकेश कठायत रहेका छन् । लोकेश पहिरामै बेपत्ता भएको स्थानीयवासी बताउँछन् ।

पहिरोले सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन् ।

त्यसैगरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका–५ कट्टीमा पहिराले घर पुरिँदा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मङ्गलबार नै रामघाट खोलामा आएको बाढी आठबिस नगरपालिका– १ रामघाटबजार पस्दा लाखौँ क्षति भएको रामघाट बजारका नैनबहादुर शाहीले बताउनुभयो ।

उनले भने, ‘कर्णाली नदीमा पानी बहाब बढेपछि रामघाट खोलाको पानी राकिएर बजार पस्दा लाखौँको सरसमान बगायो । बजारमा पानी पस्दा मान्छे सुरक्षित ठाउँमा भाग्न सफल भए ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ३ : ११ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको