६ बैशाख २०८२, शनिबार | April 19, 2025

सिन्धुपाल्चोकका १६७ बस्ती अझै उच्च जोखिममा छन



काठमाडौं । लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपाल्चोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए । जिल्लाका २ सय ४२ स्थानको भौगर्भिक अध्ययन भएको थियो । जसमा ७५ स्थान मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टले पहिले गरिएको अध्ययनले लिदीमा माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखाएको बताए ।

२०७४ सालमा गरिएको अध्ययनले लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो । वर्षातका बेला सिन्धुपाल्चोकमा देखिएको विपदबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा भूगर्भविद भट्टले बेला बेलामा जोखिमका क्षेत्र बदलिन सक्ने बताए ।

भौगर्भिक अध्ययनमा कम जोखिम भनेको क्षेत्रमा पहिरोले क्षति गरेपछि थप अध्ययनको लागि आवास उठ्न थालेको छ । प्राधिकरणले विगतको अध्ययनको समिक्षा गर्दै नयाँ अध्ययन गर्न समन्वय गर्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिन्धुपाल्चोकमा भएको ठूलो जनधनको क्षति अत्यन्तै दुस्खद् भएको बताउँदै सिन्धुपाल्चोकबारे विगतका गरिएका अध्ययनहरुको समीक्षा गर्नुका साथै नयाँ अध्ययन गर्न विभिन्न निकायसँग समन्वय गरी प्राधिकरणले सहयोग गर्ने बताए ।

उनले विगतमा भएका अध्ययनहरुको समीक्षाको काम सुरु गर्न प्राधिकरणका विज्ञ तथा कर्मचारीलाई निर्देशन दिए । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ७ : ३३ बजे

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलको बुद्धनगरमा एक युवती माथि गोली प्रहार भएको

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय

ललितपुर । जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख

आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएको छ वर्षपछि नेपालगन्ज रङ्गशालामा पहिलो अन्तरराष्ट्रिय खेल

नेपालगन्ज । लामो समयपछि नेपालगन्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगन्ज उपमहानगरपालिका, ७ वटा वडा भाडाका घरमा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न