११ मंसिर २०८१, मंगलबार | November 26, 2024

बेनी–जोमसोम यात्रा जोखिमपूर्ण बन्दै



म्याग्दी । मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भइन। हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएकी हुन् । पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।

पहिरोबाट उद्धारपछि प्राथमिक उपचार गरी स्टे«चरमा राखेर सेनाको टोलीले म्याग्दीको दाना ल्याएपछि गाडीमा राखेर बेनी अस्पताल ल्याइएको थियो । पहिरो पार गर्ने क्रममा भिरबाट एक्कासि खसेको ढुङ्गा, माटोसहितको पहिरोले चोट लागेको घाइते गर्बुजाले बताए ।

अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान गयो । बेनीबाट काभ्रेस्थित घरतर्फ जाने क्रममा हिँडिरहेको अवस्थामा भिरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।

अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर गत असार ३० गते मङ्गला गाउँपालिका–५ का ज्ञानबहादुर पुनको मृत्यु भयो । गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्परसहित कालीगण्डकीमा खसेका चालक पुनको शव असार ३१ गते रातोपानीमा भेटिएको थियो ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो एक महिनायता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन् । साँघुरो र अक्करे भिरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ ।

गत असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ । ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टकरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका जितबहादुर पुर्जाले बताए ।

राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए ।

रुप्सेखोलामा बाढीले निर्माणाधीन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल बनाइएको छ । सडक मर्मतसँगै पैदलमार्ग र साँघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषिउपज निकासी हुन सकेको छैन । बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ७ : ५१ बजे

सुनको मूल्य दुई हजार छ सयले घट्यो

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च

चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द

आज सातौँ सामाजिक सुरक्षा दिवस

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात

सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत