६ बैशाख २०८२, शनिबार | April 19, 2025

विराटनगरकी कोरोना संक्रमित महिलाको धरानस्थित वीपी प्रतिष्ठानमा मृत्यु



विराटनगर । धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मोरङको विराटनगरकी एक महिलाको कोरोना संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजे अस्पताल पुर्याइएकी विराटनगरको त्रिवेणी मार्गकी ५० वर्षीय महिलाको एक घण्टामै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

श्वासप्रश्वासमामा समस्या आएपछि विराटनगरस्थित न्यूरो अस्पतालले ती महिलालाई धरान रेफर गरेको थियो ।

मृतकलाई स्वासप्रश्वास, थाइराइड र मुटु सम्बन्धी समस्या रहेको डा. सापकोटाले जानकारी दिए।

विरानगरमा उपचार गर्नुअघि ती महिलाको भारतमा उपचार भएको थियो । यस सँगै विराटनगरमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ११ : २६ बजे

‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन

नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : सहरी विकासमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका

ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

कोलम्बो । श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको

देशभक्तिपूर्ण गीत-संगीतका साथ यसवर्ष जितगढी विजय उत्सव मनाइने

बुटवल । अंग्रेज फ्रौजलाई हराएर इतिहास कायम गरेको दिन बैशाख

‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा