६ बैशाख २०८२, शनिबार | April 19, 2025

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज अठराह २६ सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको परिवारजनले बताएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा ल्याइएका मृतकको स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।

मृतकको शव अहिले पनि नारायणी अस्पतालमै रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : ३७ बजे

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ईरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा

रोम । ईरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

काठमाडौं । बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री