२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

बाह्य पर्यटक बोलाउन निःशुल्क भिषा र अनिवार्य पीसीआर नीति आवश्यक : दीपकराज जोशी, पूर्वसीईओ, पर्यटन बोर्ड



काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले ‘निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका छन् ।

विश्व नै कोरोनासँग जुधिरहेको भएपनि नेपालका पर्यटकीय गन्तव्यहरु कोरोनाबाट सुरक्षीत रहेको सन्देश प्रवाह गर्दै ‘निःशूल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अबलम्बन गरे बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने जोशीले बताए ।

निजी क्षेत्रको अग्रगी समाचार एजेन्सी न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जोशीले नेपाल सुरक्षित गन्तव्य बनेको सन्देश दिन आन्तरिक पर्यटन खुला गर्नुपर्ने बताए ।

विदेशबाट आउने व्यक्तिलाई कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने नीतिका कारण पर्यटकहरु आउन नचाहेको उल्लेख गर्दै जोशीले क्वारेन्टिन नभएर पीसीआरलाई अनिवार्य बनाउनुपर्ने धारणा राखे ।

‘विदेशी पर्यटकलाई आफ्ने देशमा नै पीसीआर टेस्ट गर्ने र नेपाल आएपछि पुनः पीसीआर टेस्ट गर्ने प्रावाधान राख्नुपर्छ’ जोशीले भने, ‘सात दिन भन्दा बढी बस्नेको हकमा घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ ।’

पूर्व सीईओ जोशीले भिषा शूल्क बापतको रकमले पीसीआर परीक्षण अनिवार्य बनाउन सकेमा बाह्य पर्यटक भित्र्याउन समस्या नहुने बताए ।

सरकारले पर्यटन पुर्नउत्थानका लागि छुट्याएको ५० अर्बको कोष तत्काल परिचालन गर्नुपर्नेमा पनि जोशीले जोड दिए ।

कोषलाई आवश्यक परेको समयमा परिचालन गर्न नसकिए कुनै अर्थ नहुने उल्लेख गर्दै उनले १५/२० दिनभित्रमै यसको परिचालन गर्नसक्नुपर्ने बताए । व्यवसायी र पर्यटन क्षेत्रका कर्मचारीहरु मर्कामा रहेको समयमा कोष परिचालन गर्न सके त्यसले ठूलो अर्थ राख्ने उनको धारणा छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : ४१ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको