५ बैशाख २०८२, शुक्रबार | April 19, 2025

आजको मौसम : देशभर मौसम बदली, चट्याङ्गसहित वर्षाको संभावना



काठमाडौं । देशभरको मौसम शनिबार सामान्यतया बदली भइ धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले मौसम बदली तथा वर्षा भएको हो ।

हाल देशभर समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश , प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । यस्तै राति पनि देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत हुनेछ । दिउँसो तथा राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

विशेषगरी बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : ०२ बजे

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले

‘हेमोग्लोविनोप्याथी रोग नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक’

नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी