१ पुस २०८२, मंगलबार | December 16, 2025

सिन्धुपाल्चोक पहिरोमा बेपत्ताहरुको खोज तथा उद्धार कार्य जारी, ११ जनाको शव निकालियो



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परि पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको नेतृत्वमा निकालिएको छ ।

शुक्रबार बिहान ६ः३० बजे गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोज तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा ११ जनाको शव फेला पारेको हो ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलिले हराईरहेका २७ जनाको खोजी कार्य जारी राखेको छ । पहिरोमा पुरिएकाहरुको खोजिमा सेना सहित सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीको प्रयास साँझ सम्म पनि जारी रहेको थियो ।

शुक्रबार विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा पहिरोबाट सकुशल रहेका नागरिकहरुलाई नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्या्एको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १० : ०० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज