२५ चैत्र २०८१, सोमबार | April 8, 2025

(UNOPS) द्वारा नेपाल प्रहरीलाई ७० लाख रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । परियोजना सेवाहरुका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (UNOPS) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

(UNOPS) को कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच (UNOPS) नेपालका कन्ट्री डाइरेक्टर चार्ल्स केलेननले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु-कभर रहेका छन् । त्यसैगरि ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन-सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन पनि (UNOPS)ले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कडायतले (UNOPS)ले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा नेपाल प्रहरी र (UNOPS) बिचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे ।

(UNOPS)का कन्ट्री डाइरेक्टर चार्ल्स ले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए । नेपाल प्रहरीलाई आवश्यक साथ र सहयोग प्रदान गर्नका लागि आफू सदैव तत्पर रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १० : ३४ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग