१ बैशाख २०८२, सोमबार | April 15, 2025

रुपन्देहीमा मात्र होटल रेष्टुरेन्टमा भएको करोडौं लगानी डुब्दै, लगानीकर्ता निरास



बुटवल। लकडाउनको अन्त्यसँगै भाद्र १ गतेबाट व्यवासय सुचारु गर्न पाईने आशामा होटल रेष्टुरेन्ट खोल्ने तयारी गरिरहेका होटल व्यवसायीहरु तत्काल खोल्न नहुने सरकारको निर्णयबाट निरास भएका छन् ।

भाद्र १ गतेबाट होटल सञ्चालनको तयारीमा रहेका रुपन्देहीका होटल व्यवसायीहरुले बिदामा पठाएका कामदारहरु बोलाएर होटलको आन्तरिक तयारी समेत गरिसकेका थिए ।

टाढा घर भएका होटलका कामदारलाई समेत बोलाएर ४ महिना बढी बन्द हुँदा लागेका माकुराको जालो हटाउनेदेखि रङ्ग रोगन, टुटफुट, सरसफाई जस्ता कामहरु सकिसकेको अवस्थामा सरकारले पुनः कोरोनाको कहर देखाउँदै होटल खोल्ने मिति सार्दै गएपछि होटलमा लगानी गरेका व्यवसायीहरु चिन्तित बनेका छन् ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले होटलमा लगानी गरेका लगानीकर्ताहरुको ब्यवसाय उठ्नै नसकिने गरी धरासायी भएको बताए । जिसीले ५० प्रतिशत कामदार घटाएर काम गर्न खोज्दा पनि पुनः होटल खोल्ने समय बढ्दै जाँदा लगानी नै डुब्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा मात्र जिल्लाका १६०० होटल ब्यवसायीहरु आवद्ध छन् । रुपन्देहीमा २५०० बढी होटल तथा रेष्टुरेन्टहरु संचालमा रहेका छन् ।

जिल्लामा होटल व्यवसायीले मात्र ३० हजार बढी जनशक्तिलाई रोजगारी दिएको जिसीले बताए । लुम्बिनी, भैरहवा र बुटवलमा गरी १ सय बढी तारे लेबलका होटल रहेको र १० वटा भन्दा बढी होटलहरुले तारेको मान्यता पाएको जिसीले बताए ।

कोरोनाका कारणले जिल्लामा २० हजार बढी होटलका कामदारको रोजगारी गुमेको जिसीको भनाइ छ ।

‘गत चैतमा लकडाउनपछि होटल चल्न नसक्ने भएपछि स्टाफहरुलाई घर पठाइयो । अहिले स्टाफहरुलाई बोलाएर खोल्ने तयारी गर्दा गर्दै फेरी नखुल्ने सुचना आयो । आएका स्टाफको खर्च कसरी धान्ने रु’, चेन बनाएर होटल सञ्चालन गरिरहेको होटल पौवा प्राली ग्रुपका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले भने । प्रदेश नम्बर ५ लाई मुख्य आधार बनाएर ९ वटा शाखाबाट सेवा दिईरहेको पौवाले ५०० बढी युवालाई रोजगारी प्रदान गर्दै आएको छ ।

सरकारले प्याकिङ डेलिभरी दिने गरि रेन्टुरेन्ट संचालनमा ल्याउने तयारी गरेपनि स्थानीय तहबाट लकडाउनको घोषणा हुन थालेपछि होटलसँगै रेष्टुरेन्ट पनि बन्द हुन् थालेका छन्।

किनेर लैजाने ग्राहक कम हुने भएकाले रेष्टुराँमा ग्राहक नआउने व्यवसायीको भनाइ छ। डेलिभरी अर्डर थोरै मात्रामा आउने गरेकाले डेलिभरीले मात्र खर्च धान्न नसकिने डियालो फुडल्याण्ड बुटवलमा प्रबन्ध निर्देशक मदन भण्डारीले बताए ।

बुटवलमा मात्र ३५ जनालाई रोजगारी दिएको दियालोले अहिले १२ जना स्टाफबाट मात्र काम सुरु गर्न थालेको थियो । दियालो ग्रुपको काठमाडौमा पनि पार्टी प्यालेस र रेष्टुरेन्ट संचालनमा छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  २ : ५१ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु