६ बैशाख २०८२, शनिबार | April 19, 2025

साउन २९ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बुटवल उपमहानगर क्षेत्रमा लकडाउन घोषणा



बुटवल । कोरोना भाइरसको महामारीलाई नियन्त्रण बाहिर जान नदिन बुटवल उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ ।

बुटवल कोरोना अस्पतालमा बुधबार बिहान २ जनाको मृत्यु भएपछि उपमहानगरपालिकाले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म लकडाउनको घोषणा गरेको हो ।

उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले खबरकुरासँग कुरा गर्दै सबै वडामा लकडाउन लगाइएको जानकारी दिए ।

भदौ ५ गतेसम्म लकडाउनकै बीचमा सबै कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने बताउँदै नगरप्रमुख सुवेदीले त्यतिबेलासम्म नसकिए लकडाउनको अवधी थप गर्ने बताए ।

लकडाउनको अवधीमा उपमहानगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने नगरप्रमुख सुवेदीले बताए ।

निजी, सरकारी र सार्वजनिक सेवाका सवारीसाधनमा रोक लगाइनेछ भने वित्तीय संस्थाका कर्मचारीहरू ५० प्रतिशत मात्रै संचालन हुनेछन् ।

ढुवानीका सवारी साधनहरूलाई सुरक्षा मापदण्ड अपनाएर मात्र चल्न दिने निर्णय भएको सुवेदीले बताए ।

लकडाउन अवधीमा खाद्यान्न पसलहरुलाई बिहान ७ बजेदेखि ११ बजेसम्म मात्रै खोल्न अनुमति दिइनेछ । दुध डेरीलाई बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न दिइनेछ ।

केही दिन यता बुटवल उपमहानगर क्षेत्रमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गएका छन् ।

हालसम्म उपमहानगर क्षेत्रमा ४९ जना संक्रमितहरु भेटिएका छन् । जसमध्ये ३४ जना विभिन्न आइसोलेसन केन्द्रमा उपचार गराइरहेका छन् ।

बुधबार मात्रै बुटवल कोरोना अस्थायी अस्पतालमा कपिलवस्तुका दुई जनाको मृत्यु भएको थियो ।

त्यसमध्ये एक जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । अर्का एक व्यक्तिको स्वाव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : १९ बजे

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगन्ज उपमहानगरपालिका, ७ वटा वडा भाडाका घरमा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न

माग दावी विपरित फैसला आएपछि विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला

विश्वभरका नेपाली सेफ काठमाडौँमा

काठमाडौं । आज विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन्

आजको मौसमः पाँच प्रदेशमा वर्षा र हिमपात सँगसँगै

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको