२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोरोना विरुद्धको खोप तयार पारेको रुसको दाबी, राष्ट्रपति पुटिनकी छोरीले पनि लगाइन खोप



रुसले कोरोना भाइरस विरुद्ध खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरविरुद्ध प्रभावकारी खोप तयार पारेको दाबी गरेका छन् ।

मंगलबार मस्कोमा मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भनेका छन्, ‘आज बिहान भाइरस विरुद्ध पहिलो भ्याक्सिनलाई रजिष्टर गरिएको छ ।’

पुटिनले यो खोप दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षित रहेको दाबी गरेका छन् ।

यो खोपलाई रुसको स्वास्थ्यमन्त्रालयले प्रमाणित गरेको छ । रुसमा ठूलो संख्यामा कोरोना संक्रमितलाई यो खोप लगाउन थालिएको छ ।

यद्यपी, रुसले जति धेरै तिब्र गतिमा कोरोना विरुद्धको खोपमा सफलता हासिल गरेको भनिएको छ, त्यसलाई देखेर बाँकी वैज्ञानिकरुले चिन्ता पनि व्यक्त गरेका छन् ।

तर, राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमा सम्बोधन गर्दै मस्कोको गेमालेया इस्टिच्यूटमा विकसित गरिएको यो खोप पुरै सुरक्षित भएको दाबी गरेका छन् । उनले यो खोप आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।

पुटिनले भनेका छन्, ‘देशमा बनेको खोप प्रभावकारी हुनेछ । यसले इम्यून सिस्टमलाई मजबुत बनाउने छ । म फेरि पनि दोहो¥याएर भन्छु कि यो खोपले सबै सुरक्षा मापदण्डमा खरो उत्रिएको छ ।’

चीनमा पनि अन्तिम ट्रयाल
चीनको सिनोभ्याक बायोटेक लिमिटेडले मंगलबार नै कोभिड १९ खोप मानिसमाथि ट्रयालको अन्तिम चरणमा पुगेको जनाएको छ ।

यो खोपको ट्रायल इन्डोनेशियामा १६२० जना व्यक्तिमाथि गरिँदैछ ।  यो खोप इन्डोनेशिया की सरकारी कम्पनी बायो फर्मासँग मिलेर बनाईंदै छ ।

यसअघि सोमबार सिनोभ्याकले ट्रयालको दोस्रो चरणमा खोप सुरक्षित भएको र बिरामीमा एन्टीबडीमा आधारित इन्मुन रेस्पोन्स मिलेको जनाएको थियो ।

कोरोनाव्याक नामको यो खोप ती प्रभावकारी खोपमध्ये एक हो जो परीक्षणको अन्तिम चरणमा पुगेको छ । सिनोभ्याक अन्तिम परीक्षणको अध्ययनमा देखिने असरको प्रमाण जुटाउने काममा अहिले लागेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : ११ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%