६ बैशाख २०८२, शनिबार | April 19, 2025

डोटीमा घर भत्किदा एकै परिवारका चारजनाको मृत्यु



डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककनीका नुगे लुहारको ढुंगा माटोले बनेको तीन तले घर भत्किँदा चारजनाको ज्यान गएको डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा नुगेकी ३५ वर्षकी श्रीमती विष्णा लुहार, उनका ११ वर्षका छोरा पारस लुहार तथा छोरीहरु सात वर्षकी निरु लुहार र चार वर्षकी जेनिसा लुहार रहेको डिएसपी मल्लले जानकारी दिएका छन् ।

घाइते हुनेमा नुगेसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र उपचारका लागि दिपायल लगिएको प्रहरीले जनाएको छ ।

लगातार वर्षा भएको र ढुंगा–माटोको गारो युक्त पुरानो घर रातिमा भत्किएकाले क्षति ठूलो भएको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : १० बजे

‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

‘क्षतिग्रस्त पुलको चाँडो मर्मत गर्न आवश्यक’

तेह्रथुम । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तमोर नदीस्थित तेह्रथुम र पाँचथर

नयाँवर्षको पहिलो हप्ता मै नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद

नेपालगन्ज । बाँके प्रहरीले चैत्र महिनामा मात्र १२८ ग्राम ब्राउन

नौ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलको बुद्धनगरमा एक युवती माथि गोली प्रहार भएको