२५ चैत्र २०८१, सोमबार | April 8, 2025

कारोना कहरकै बीच लागु औषधको धन्दा बढ्दो, प्रहरीबाट देशका बिभिन्न स्थानबाट प्रतिबन्धित लागु औषध बरामद



काठमाडौं । प्रहरीले देशका बिभिन्न स्थानबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ । काठमाडौं, पोखरा र सिराहाबाट प्रहरीले ठूलो मात्रामा लागु औषध बरामद गरेको नेपाल प्रहरीको प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-६ महादेब स्थान बस्ने २८ वर्षीय बिजय गिरीको घरबाट प्रतिबन्धित ७८ एम्पुल डाईजेल्याब, ३० एम्पुल डाईजेपाम, ४३ एम्पुल नोर्फिन र ४३ एम्पुल प्रोमेथाजिन प्रहरीले बरामद गरेको छ ।

गिरीको घरमा लागु औषध भेटिए लगत्तै प्रहरीले गिरीलाई खोजतलास गर्ने क्रममा मातातिर्थ बसपार्कमा प्रहरीलाई देख्नासाथ गिरीले चलाई राखेको बा ५७ प ३६०१ नम्बरको स्कुटर छाडी भागेको प्रहरीले जनाएको छ । गिरीको स्कुटरको डिकी भित्र १८ थान सिरीन्ज, १ एम्पुल नोर्फिन, १ एम्पुल डाइजेपाम र १ एम्पुल प्रोमेथाजिन फेला समेत प्रहरीले जनाएको छ । फरार गिरीको प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका(११ बाट १ केजि २ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ सिद्धलेखका २३ वर्षीय रोहित घले सहित २ जनालाई पक्राउ गरेको छ । यसैगरी पोखरा महानगरपालिका-४ पराजुली मार्गबाट करिब १ केजि ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित तनहुँ घर भएका २४ वर्षीय किसान थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सिराहा, गोलबजार नगरपालिका-६ दोहटीयाबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने सेतो पदार्थसहित सोही ठाउँ बस्ने २८ वर्षीय पाण्डव गुप्ता लगायत ७ जना सिराहा प्रहरीको नियन्त्रणमा आएका छन् । गुप्ताले आफ्नै घरबाट लागूऔषध बिक्री बितरण गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  २ : २१ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग