६ बैशाख २०८२, शनिबार | April 19, 2025

बाजुरामा बुढीगंगाको ताण्डव, बाढीले १ जना वेपत्ता, बेलिब्रिज बगायो



बाजुरा । बाजुरामा बूढीगंगा नदीको बाढीले आइतबार राति तटीय क्षेत्रका बस्तीमा पस्दा एकजना व्यत्ति वेपत्ता भएका छन् ।

बडिमालिका नगरपालिका वडा नं. २ घाँघर टोलमा बुढीगंगाको बाढी पस्दा वडाअध्यक्ष डम्मर महतकी आमा ६५ वर्षीया अइसेनी महत वेपत्ता भएकी हुन् ।

त्यसस्थानमा बुढिगंगाले बस्ती नै बगाएकोले स्थानीयबासिन्दा सम्पर्कबिहीन भएका छन् । नदीले बस्तीका गाई गोरु र घरमा रहेका सबै सामान बगाएको वडा अध्यक्ष महतले जनाकारी दिए ।

बुढिगंगा नदीमा आएको बाढिले बस्ती र घरपालुवा जनावर समेत बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टंक प्रसाद भट्टराईले बताए ।

नदीले पुर्याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । वेपत्ता वृद्धाको खोजीमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागिेका छन् ।

नदीले साँफे मार्तडी सडकखण्डमा पर्ने बडिमालिका नगरपालिका जडांगामा रहेको बेलिब्रिज बगाउनुका साथै सडक भत्काइदिएको छ । जसका कारण जिल्ला सदरमुकाम मार्तडी आउने सबै यातायातका साधन बन्द रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : ५७ बजे

ईरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा

रोम । ईरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

काठमाडौं । बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री

सत्तासाझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति

पोखरा । गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र

‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन