६ बैशाख २०८२, शनिबार | April 19, 2025

तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालमा इमरजेन्सी बाहेकको सेवा स्थगित



तौलिहवा । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सबै सेवाप्रवाह स्थगित गरिएको छ ।

जोखिममा रहेका कर्मचारीहरुको स्वाब रिपोर्ट नआएसम्म सेवा स्थगित गरिएको छ । सम्भावित संक्रमणबाट जोगिन आकास्मिक बाहेकका सेवा बन्द गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए ।

अस्पतालको विभिन्न विभागमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

अस्पतालका एक जना नर्सिङस्टाफ, ल्याबका एक कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि पनि कपिलवस्तु जिल्ला अस्पतलामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो । हालसम्म जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्य कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

प्रदेश ५ मा कपिलवस्तुमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए । जिल्ला कोरोनाको हटस्पट जस्तै बनेको थियो । तर पुराना संक्रमितहरु सबै निको भएर घर फर्किसकेको छन् ।

पछिल्लो दिनमा फेरि संक्रमण देखिन थालेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ८ : २६ बजे

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ईरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा

रोम । ईरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

काठमाडौं । बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री