७ माघ २०८१, सोमबार | January 20, 2025

भारतको केरालास्थित कोझिकोड जहाज दुर्घटनामा मृत्यु भएका मध्ये एक जनामा कोरोना पुष्टि



भारतको केरालास्थित कोझिकोडमा भएको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये एक जनामा कोरोना भाइरसको संक्रमण रहेको केराला सरकारका मन्त्री केटी जलिलले बीबीसीलाई बताएका छन् ।

मृतक १८ जनाको कोरोना कोरोना टेष्ट गरिएकोमा ८ जनाको रिपोर्ट आएको र त्यसमध्ये एक जनामा कोरोना पुष्टि भएको मन्त्री जलिलले बताए ।

अर्को एक जनामा पनि कोरोना भएको आंशका गरिएको छ । सबै परीक्षणको नतिजा कुरिरहेको उनले बताए ।

पुलिस जाँच सकिएपछि जहाजमा रहेका सबै जनाको कोरोना परीक्षण हुने पनि मन्त्री जलिले बताए ।

यसैबीच केरलाका स्वास्थ्यमन्त्री केके शैलजाले उद्दारकर्मीहरुलाई क्वारेन्टिनमा जान आग्रह गरेकी छिन् । उद्दारकर्मीहरुले गए राति भएको जहाज दुर्घटना पछि कोरोना महामारीसम्बन्धी सबै सुरक्षा मापदण्डलाई तोड्दै उद्दारमा खटिएका थिए ।

जहाज दुर्घटनाग्रस्त भएपछि ठूलो संख्यामा स्थानीयबासि, एयरपोर्ट स्टाफ, स्वयंसेवी, स्वास्थ्यकर्मी, फायर फाइटर, सुरक्षाकर्मी, अधिकारी एवं संचारकर्मी उपस्थित भएका थिए ।

कुनै झुठो अफवाह नफैलाइकन सबै उद्दारकर्मीहरुलाई सेल्फ क्वारिन्टनमा जानको लागि मन्त्री शैलजाले आग्रह गरेकी हुन् । उनले क्वारेन्टिनमा सबै जना अनिवार्य बस्नुपर्ने बताइएन ।

दुवईबाट १९० जना यात्रु र क्याविनक्रुसहित आएको एयर इन्डियाको जहाज शनिबार साँझ केरलाको कोकिझोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ४४ बजे

स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी

५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम

नेपाली र दक्षिण कोरियाली कविता वाचन

काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श

सर्वसाधारण नागरिकमाथि कुटपिटमा संलग्न प्रहरीलाई कारबाही : नेपाल प्रहरी

काठमाडौँ । चितवनमा एक युवकलाई प्रहरीले कुटपिट गरेको घटनामा सङ्लग्न

अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ढुङ्गागिटी सम्बन्धमा अवैध रूपमा सञ्चालन भइरहेका