२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

कोरोना संक्रमित नै भागेपछि संक्रमणको जोखिम बढ्न सक्ने



काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ ।

बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’

संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले संक्रमण रोकथाममा स्वयं व्यक्ति नै सचेत र सजग हुनुपर्ने बताए । उनले भने, ‘सबैभन्दा मुख्य कुरा आत्मानुशासन हो । र, जनस्वास्थ्यका न्यूनतम मापदण्ड सबैले पूर्ण रूपमा पालना गर्नुपर्छ ।’ उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : २६ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने