१ बैशाख २०८२, सोमबार | April 14, 2025

हावाहुरीले केराखेतीमा क्षति



नवलपरासी । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्‍याएको छ ।

हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए ।

कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ । आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए ।

हावाहुरीले केराखेतीमा पुर्‍याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए । नगरपालिकामा केरा किसानहरुले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार रु ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ ।

यस क्षेत्रका किसानले ६०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् । पछिल्लो समय नेपाली केराले बजार नपाउने, उचित मूल्य नपाउने, हावाहुरीलगायतका प्राकृतिक कारणबाट नोक्सानी व्यहोर्न बाध्य हुँदा किसान केराखेतीबाट पलायन हुने क्रम बढ्दो छ । रासस

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ११ : ४२ बजे

विसं २०८१ः नेपाली खेलकुदलाई फर्केर हेर्दा

काठमाडौँ  । नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल

मुस्ताङमा ३४ बोरा शालिग्राम बरामद

मुस्ताङ । मुस्ताङमा ठुलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा

चैत मसान्तसम्मको विकास खर्च २९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा

पाल्पामा स्कुटर दुर्घटना हुँदा ७५ वर्षिय पदमबहादुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजना जेष्ठनागरिक पुरुषको