१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

फेरि आजदेखि सवारी साधनमा जोरबिजोर प्रणाली



काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि फेरि सरकारले आजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि लागू हुने गरी जोरबिजोर प्रणाली लागू गरिने भएको हो ।

सरकार यसअघि २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो । जोरबिजोर प्रणाली हटाइसँगै भीडभाड बढ्ने क्रम सुरु भएको थियो ।

त्यस्तै, बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाकामा आवागमन निषेध गरेको व्यवस्थालाई थप कडाइ गर्न गृह मन्त्रालयले सुरक्षाकर्मीलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यसैगरी होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ६ : २८ बजे

बुटवलमा मनाइयो ‘न्हुँ दयाः भिन्तुना’ (फोटोफिचर)

बुटवल । बुटवलमा नेपाल संवतको सुरुवातलाई शुभकामना आदानप्रदान सहित बिबिध

नेपालगन्जमा नेपाल संवतको भब्य स्वागत (फोटोफिचर)

नेपालगन्ज । नेपालगन्जमा नेपाल संवत ११४५ लाई भब्यरुपमा स्वागत गरिएको

शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ । हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपालले आज श्रीलंकाको सामना गर्ने

सर्लाहीको बरहथवा बजारको एक पसलमा आगलागी

मलङ्गवा । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको