६ बैशाख २०८२, शनिबार | April 19, 2025

कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी



सुनसरी । प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ ।

कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३।५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो ।

आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलुकका र विदेशी गरेर १४ हजार ७१२ पर्यटक आएका थिए भने आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा नेपाली १० हजार ८२५, सार्क मुलुकका १९ र विदेशी १७० पर्यटकले आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत चौधरीले जानकारी दिए । आरक्षमा लकडाउनका कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमनका कमी आएको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ३५ बजे

बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बैठक बसेको छ

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

ईरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा

रोम । ईरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

काठमाडौं । बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री