२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाँके निकुन्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृत श्रोत नखुलेको रकम सहित रुपन्देहीमा पक्राउ



बुटवल । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको रकमसहित अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजारसहित नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको रकम लिई कार्यालयको बा २ झ १८७३ नम्बरको पूर्व पश्चिम राजमार्गमा यात्रा गरिरहेका उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले स्रोत नखुलेको ३ लाख ४८हजार नगद र बिभिन्न मितिको बैंक जम्मा भौचर बाट र ५ लाख ५० हजार गरी जम्मा ८ लाख ९८ हजार सहित रुपन्देहीको सैनामैना १० बाट नियन्त्रणमा लिएको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : १६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको