२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

किसानलाई निःशुल्क फलफूलको बेर्ना वितरण



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थाले बुइपाका ८५० किसानलाई फलफूलको बेर्ना निःशुल्क वितरण गरेको छ ।

वडालाई फलफूलको उत्पादन क्षेत्र बनाउने लक्ष्यकासाथ सहकारी संस्थामा आवद्ध ५०० सदस्य तथा अन्य किसानलाई सुन कागती, आँप, लिची र एभोकाडोको बिरुवा वितरण गरेको हो ।

डिभिजन वन कार्यालय खोटाङ र भू तथा जलाधार कार्यालय ओखलढुङ्गाले फलफूलका बेर्ना उपलब्ध गराएपछि किसानलाई वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष मिलन राईले जानकारी दिए । सहकारीको समन्वयमा किसानलाई कागतीको तीन हजार ५०० , अम्रपाली जातको आँपको ५०० , लिचीको ३५० र एभोकाडोको २५० बिरुवा बाँडिएको हो ।

फलफूललाई किसानको आम्दानीको स्रोतका रूपमा विकास गर्ने लक्ष्यकासाथ बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । भूगोल र हावापानीअनुसार स्थानीय बासिन्दालाई लिची, आँप, कागती र एभोकाडोको बिरुवा वितरण गरिएको छ ।

बुइपाको बेँसी क्षेत्रका किसानलाई लिची, आँप र कागतीका बिरुवा बढी मात्रामा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट बुइपामा शीतभण्डार निर्माण गरिएसँगै सहकारी फलफूल खेती प्रवद्र्धनमा लागेको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु ५० लाख बजेटमा निर्माण गरिएको शीतभण्डारलाई सदुपयोग गर्दै किसानको आर्थिक समृद्धिका लागि गाउँमा लिची, आँप, कागती, एभोकाडोलगायतका फलफूल खेती विस्तार गरिएको जनाइएको छ ।

बुइपामा शीतभण्डार निर्माण भएपछि कागती, नासपाती, करेला, आलु, फर्सीजस्ता फलफूल तथा तरकारीलाई लामो समयसम्म भण्डारण गर्न सकिने वातावरण बनेको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : २२ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने