४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

डोटीमा सबै सवारी पास खारेज



डोटी । जिल्लामा पछिल्लो केही दिन यतादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले जिल्लाबाट जारी गरिने अत्यावश्यक बाहेक अन्य सबै किसिमका गाडीको पास अर्को सूचना नआएसम्म का लागि बन्द गरेको छ ।

डोटीसहित सुदूरपश्चिम प्रदेशका कैलाली तथा कञ्चनपुर जिल्लामा कोरोना भाइरसको सङ्क्रमितका बिरामी बढी रहेका र समुदायस्तरमा सङ्क्रमण हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने सवारी पास खारेज गरेको प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराइले बताए ।

जिल्ला बाहिर आवतजावत गर्ने गाडीको पास बन्द गरिए पनि आन्तरिक रुपमा सञ्चालन हुने यातायातको हकमा भने अनुमति रहेको र कोरोना सङ्क्रमणको जोखिम कम हुने उपाय अवलम्बन गरेर मात्र सञ्चालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका अन्य गाडीलाई अन्तर जिल्ला प्रवेशमा रोक लगाउन सूचना जारी गरेपछि यहाँको प्रहरी प्रशासनले उक्त नियमको कडा रुपमा पालना गर्न थालेको छ । पछिल्लो समय यहाँको प्रहरीले अन्तर जिल्ला सञ्चालन हुने सवारी साधनमा रोक लगाउनुका साथै पास लिएर आएका सवारी साधन कडा रुपमा चेक जाँच गरी भित्रिन र बाहिरिन दिन थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘जिल्लामा कोरोना सङ्क्रमित बढ्न थालेपछि गृह मन्त्रालयको आदेशअनुसार हामीले अन्तर जिल्ला सञ्चालन हुने सवारी साधनमा कडाइ गरेका छौँ, हाम्रो उद्देश्य समुदायस्तरमा कोरोना नफैलियोस् भन्ने हो ।’ जिल्लामा हालसम्म ५६८ मा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ०४ बजे

नेपालगन्ज रात्री दौडको उपाधि सेनाका पाल र नरैनापुरकी साहुलाई

नेपालगन्ज । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाका

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल