वीरगञ्ज । वीरगन्जमा शुक्रबार बिहान मृत्यु भएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण वीरगन्जमा मात्र मृतकको संख्या १० पुगेको छ ।
नारायणी वयोधा अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी वीरगन्ज -१६ की स्थानीय ५० वर्षीया महिलामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।
गत साउन १४ गते बयोधा अस्पतालमा भर्ना भएकी उनको पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । पीसीआरको रिपोर्ट नआउँदै शुक्रबार बिहान उनको मृत्यु भएको थियो ।
मृतकको शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको थियो । शुक्रबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले पुष्टि गरेको छ ।
मृतक महिलासँगै संक्रमण पुष्टि भएर बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको नगवाकी ६० वर्षीया महिलाको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया