२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

२४ घन्टामा कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

पर्साको वीरगञ्ज श्रीपुरका ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । गण्डक अस्पतालमा उपचारका क्रममा रहेका ती पुरुषको गएराती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज १६ का ३५ वर्षीय पुरुषको पनि गण्डक अस्पतालमै मृत्यु भएको छ । १३ गतदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको पनि गएराती नै मृत्यु भएको हो ।

वीरगञ्ज २ का ६५ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको गण्डक अस्पतालले जनाएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज ११ घर भएर ललितपुरमा बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । ती महिलाको आज उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । उनी साउन ६ गतेदेखि उपचाररत थिइन् ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ५४ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर