२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुईजनाको मृत्यु



वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्युु भएको छ । कोरोना संक्रमणका कारण एक युवक र एक वृद्ध गरि दुई जनाको बिहीबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैया बस्ने ७० वर्षका वृद्ध रहेका छन् ।

मृत्यु भएका दुवैजनामा बिहीबार राति नै कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

नगवाका युवकको उपचारको क्रममा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा बिहीबार राति ८ बजे मृत्यु भएको हो । गत साउन ५ गते ज्वरो आएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ती युवकमा कोरोना संक्रमण भएको आशंका भएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएकोमा रिपोर्ट आउनु अघि नै बिहीबार राति मृत्यु भएको थियो ।

यस्तै छपकैयाका ७० वर्षका वृद्ध आफनै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए। बुधबार राति सुतेका ती वृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरीले ढोका तोडेर कोठामा पस्दा ती वृद्ध मृत अवस्थामा भेटिएका थिए । मृतक वृद्धको पनि स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षणको लागि पठाइएकोमा उनको रिपोेर्ट समेत पोजेटिभ आएको मेसु उपाध्यायले बताए ।

दुवै जनाको शव व्यवस्थापनका लागि लागि नेपाली सेनाको जिम्मा लगाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५४ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : २३ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%