२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

साउन १५ अर्थात खिर खाने दिन



काठमाडौं । आज साउन १५ । शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खिर खाएर साउन १५ मनाइँदै छ ।

असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खिर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ ।

बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा. अञ्जु कार्की भन्छिन्, “खिर धेरैको प्रिय भोजन हो । यसको सांस्कृतिक र औषधिजन्य महत्व छ ।” खिरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खिर उपयोगी हुन्छ ।

गोठ धुप, देव र पितृ कार्यमा पनि खिर पाक्ने हुँदा सांस्कृतिक रूपमा पनि खिरलाई पवित्र भोजन मानिन्छ। डा. कार्कीका अनुसार आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् ।

खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । “खीर सहजै पचाउन गाह्रो पर्ने खाद्य परिकार हो, यसलाई पाचनयोग्य र मीठो बनाउनका लागि मसलाको मात्रा मिलाउनुपर्छ,” डा. कार्कीको भनाइ छ ।

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ ।

खिरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ । अन्य मसला खिरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा. कार्कीको भनाइ छ ।

वैद्यराज सुवर्ण वैद्यका अनुसार खिरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ । साउने झरीमा खिर भोजनको आफ्नै महत्व रहेको वैद्यराज बताउँछन ।

फिजिसियन जेनर लामा भन्छन, “वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ र त्यसका लागि खिर उत्तम भोजन हो ।” उनका अनुसार चामल, दूध, नरिवल, छोकडा, चिनी हालेर खिर बनाउने चलन छ ।

लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । ग्यासको रापभन्दा दाउराको आगोको आँचमा पकाउँदा खीर स्वादिष्ट हुन्छ । उता लामो समयदेखि पाक्दै आएको खिर पशुपतिमा पाक्न छोडेको छ ।

तत्कालीन राजा रणबहादुर शाहको मृत्युपछि उनको जय मनाउँदै प्रत्येक साउनको सप्तमी तिथिका दिन ३० पाथी गाईको दूधमा १२ पाथी चामलबाट तयार गरिनुपर्ने खिर पाक्न छोडेको निकै वर्ष भइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ८ : ४८ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने