२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाँके प्रहरी प्रमुख राना ह्वील लक बोकेर सडकमा, सवारी चालकको भागाभाग



नेपालगन्ज । नेपालको पुरानो शहर भएर पनि अस्तब्यस्त सवारी पार्किङका कारण कुरुप बनेको नेपालगन्जमा प्रहरीले कारवाहि प्रक्रिया अगाडी बढाएको छ । ट्राफिक प्रहरीबाट मात्र बजारको कुरुपता नियन्त्रणमा नआएपछि अब्यवस्थित पार्किङ हटाउन बाँके प्रहरी प्रमुख आफै ह्वील लक बोकेर सडमा निस्केका छन् ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले आफैले ह्वील लक बोकेर सडकमा निस्केपछि एकै दिनमा दर्जनौं सडक अवरोध हुने गरि पार्किङ गरिएका सवारी साधनको ह्वील लक गरिएको छ ।

प्रहरी प्रमुख रानाले ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बम र नेपाल प्रहरीको एउटा टोली नै लिएर सडमा निस्केपछि सडकमा हरेक दिन पार्किङ गर्ने बानी परेका सवारी चालकहरुको भागाभाग भएको थियो । प्रहरीको टोलिले नेपालगन्जको बिपि चोक देखि धम्बोझी चोकसम्म अव्यवस्थित रुपमा पार्किङ गरीएका सवारी साधनलाई कारवाही स्वरुप ह्वील लक गरिएको थियो ।

सडकमा अव्यवस्थित र जथाभावी पार्किङ गर्दा सवारी दुर्घटना निम्तिने मात्र नभई सहरको सौन्दर्यीकरण पनि कुरुप देखिएकाले कारावाही गर्न सुरु गरिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक रानाले बताए ।

प्रहरीले नेपालगन्जमा ह्वील लक गरेर सवारी नियन्त्रणको कारवाही थालेको यो नै पहिलो पटक हो । प्रहरी निश्क्रियताका कारण नेपालगन्जमा अब्यवस्थित पार्किङ हुँदै आएको थियो ।

त्यसो त उपमहानगरले नेपालगन्जका बिभिन्न स्थानहरुमा पार्किङ स्थल भने निर्धारण पनि गरेको छ । तर पार्किङ लेखिएका बोर्डहरु समेत ती स्थानहरुबाट गायव भईसकेका छन् । ट्राफिक प्रहरी पार्र्किङ स्थलको सुरक्षा समेत गर्न असफल देखिएको छ । जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमले नगरका विभिन्न स्थानमा उपमहानगरसँग मिलेर दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको साधनको लागि छुट्टाछुट्टै पार्किङ स्थल तोकिए पनि सवारी चालकले जथाभावी पार्किङ गरिदिंदा समस्या आएको बताए ।

ह्वील लक गरिएका सवारी साधनलाई कारवाही स्वरुप ट्राफिक नियम अनुसार ५ सय देखि १५ सय रुपैयाँ सम्म जरीवाना गरीने प्रहरी निरीक्षक बमले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ५८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको