२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ३७ जना प्रहरी कोरोना संक्रमित



स्याङ्जा । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज बेलुकी विज्ञप्ति निकालेर स्याङ्जामा २५ संक्रमित थपिएको जानकारी दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले १६ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

हिजो मात्रै स्याङ्जा प्रहरी प्रमुखसहित १८ जनालाई कोरोना पुष्टि भएको थियो । यसअघि पनि स्याङ्जामा २ हवल्दार र एक सिपाहीमा कोरोना पुष्टि भई सकेको छ । यो सँगै स्याङ्जामा ३७ प्रहरीमा कोरोना पुष्टि भएको छ । सुरक्षा निकायका प्रतिनिधि नै कोरोना संक्रमित बनेपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । बागलुङमा ६ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको थियो । पछिल्लो अपडेटअनुसार गण्डकीका कुल संक्रमितको संख्या १४३० पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ०७ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने