२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

आजको मौसम : अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, आकस्मिक बाढीको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै नेपालको तराईको भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

आज विहान साढे ३ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह नाघेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तल्लो तटीय क्षेत्र र आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि आज विहान २ बजे मापन गरीएको रेकर्ड अनुसार ईलाम, झापा र मोरङका धेरैजसो स्थानमा भारी बर्षा भईरहेको र थप बर्षा हुने सम्भावना रहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला र अन्य साना खोलाको जलसतह सतर्कता विन्दु नजिक पुग्न सक्छ ।

तसर्थ आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

त्यस्तै आज विहान २ बजे मापन गरीएको रेकर्ड अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा भारी बर्षा भएको छ भने थप बर्षा हुने सम्भावना रहेकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायतका साना नदीको जल सतह सतर्कता बिन्दु नजिक पुग्नसक्ने भएकाले बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरु तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर अधिकांश क्षेत्रको मौसममा बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका केही स्थानहरु तथा कर्णाली प्रदेशको एक, दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : ५५ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने