२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २५ पुग्यो



म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा सोमबार थप चार जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

सङ्क्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष साेमबार उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो । उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुन्छ । अस्पतालको रेकर्डअनुसार हालसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । रासस

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : ४४ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने