काठमाडौं । अजोड इन्स्योरेन्सले सर्वसाधारणलाई जारी गरेको शेयर नेप्सेमा सूचीकृत गरेको छ। कम्पनीले सोमबार एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।
शेयर कारोबार मंगलबारेदेखि खुल्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ तोकेको छ ।कम्पनीको शेयरलाई कारोबार संकेत एआईएल पाएको छ ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्टाइएको थियो भने ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो। यस्तै बाँकी रहको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गरेको थियो।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेको छ । जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर कायम भएको छ ।
प्रतिक्रिया