२८ मंसिर २०८२, आइतबार | December 14, 2025

प्रभु बैंकले १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने,साउन २३ गते देखि भदौ १ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले २ अर्ब रुपैयाँ बराबारको  २० लाख कित्ता ऋणपत्र १० प्रतिशत ब्याजदरमा निष्काशन गर्ने लागेको हो ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकले निष्काशन गर्न लागेका ऋणपत्र मध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । यस्तै बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तोकेको छ। ऋणपत्रमा छिटोमा साउन २३ गते देखि भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ११ : ३६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%