१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्व पश्चिम राजमार्गको दाङ पिपरीमा जीपको ठक्करबाट २ जनाको मृत्यु, ४ घाईते



दाङ । पूर्व पश्चिम राजमार्गको दाङको पिपरीमा पैदल यात्रुहरुलाई जीपले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गको दाङ खण्ड अन्तर्गत राप्ती गाँउपालिका ८ पिपरीमा पूर्व बाट पश्चिम तर्फ आउदै गरेको बा २० च ५७४४ नंम्बरको बलेरो जिपले पैदलयात्रीहरुलाई ठक्कर दिदा घाईते भएका मध्य २ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अन्य ४ जना घाईतेको बुटवल र कोहलपुरमा उपचार भईरहेको छ । ठक्कर दिए लगत्तै स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि मेडिकल कलेज कोहलपुर बांके र चौराहा अस्पताल बुटवलमा पठाईएकोमा राप्ती ८ पिपरीका राज कुमार चौधरीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ भने स्थानीय ८ बर्षिय बालक निशान चौधरीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

जीपमा सवार घाईते भएका बिमला गुरुङ, उनकी छोरी शृष्टी गुरुङ, ठक्करबाट घाईते स्थानीय गौरी चौधरी, उनकी छोरी लक्ष्मी चौधरीको चौराहा अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जीप र जीप चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज