६ बैशाख २०८२, शनिबार | April 19, 2025

पहिरोले स्काभेटर, ट्याक्टर र टिप्पर पुरियो, ट्याक्टर र टिप्पर चालक वेपत्ता



बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ ।

शनिबार राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो ।

स्काभेटरको नम्बर खुलेको छैन । “पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ”, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए ।

पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ । रासस

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ४३ बजे

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलको बुद्धनगरमा एक युवती माथि गोली प्रहार भएको

सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय

ललितपुर । जङ्गली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख

वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

बाँके । लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगन्ज उपमहानगरपालिका, ७ वटा वडा भाडाका घरमा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न