३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पस मानित बिश्वबिद्यालयमा रुपान्तरित हुँदै



बुटवल । समुदायस्तरबाट व्यवस्थापन शंकाय सञ्चालन गर्दै आएको बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने प्रस्तावमा सरोकारवालाहरु सकारात्मक देखिएका छन् ।

क्याम्पसले शनिबार गरेको अन्तरक्रियामा सहभागि सरोकारवालाहरुले क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने प्रस्तावलाई समर्थन जनाएका छन् ।

विस २०३८ सालमा स्थापना भएको बाणिज्य क्याम्पसलाई संघीय र प्रदेश सरकारको नियम अनुसार मानित विश्वविद्यालयको रुपमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारिएको हो ।

भौतीक पूर्वाधार, दक्ष प्राध्यापक, प्रयोगशाला तथा अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लुम्बिनी मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न लागिएको क्याम्पसले दाबी गरेको छ ।

अन्तरक्रियामा बोल्दै बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले संघीय र प्रदेश सरकारले निर्धारण गरेका मापदण्ड पूरा गरि अन्य क्याम्पसहरुलाई सम्बन्धन दिन नपाउने गरि मानित विश्व विद्यालय बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनले स्थानीय, प्रदेश तथा राष्ट्रिय अन्तरािष्ट्रय रोजगार बजारमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न खोजिएको बताए ।

उपाध्यायका अनुसार व्यवस्थापन शंकाय मात्रै अध्यापन हुने लुम्बिनीले मानित विश्वविद्यालयको मान्यता पाएपछि अन्य शंकायका पढाईहरु सुरु हुनेछन् । क्याम्पसले मानित विश्वविद्यालयका रुपमा स्थापना गर्नका लागि आवश्यक जग्गा, पूर्वाधार, दक्ष जनशक्ति प्राध्यापक, प्रयोगशाला जस्ता पूर्वाधार तयार रहेको दाबी गर्दै आएको छ । क्याम्पस प्रमुख उपाध्यायका अनुसार मानित बिश्वबिद्यालय संचालनसँगै क्याम्पसलाई स्कूल अफ म्यानेजमेन्ट र स्कूल अफ साईन्स एण्ड टेक्नोलोजीका रुपमा रुपान्तरण गर्न खोजिएको हो ।

कार्यक्रममा उपस्थित प्रदेश ५ सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय निर्माणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले प्रदेश सरकारले प्रदेशको शिक्षामा मौलिकता ल्याउने प्रयासमा रहेको समेत जानकारी दिए ।

कार्यक्रममा भर्चुअल उपस्थिती जनाएका लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती डा.हृदयरत्न ब्रज्रचार्यले बिशिष्टकृत रुपमा बाणिज्य शंकाय मात्रै सञ्चालन गरेको क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सकिने बताए ।

सरकारले बनाएको विश्वविद्यालयका लागि आवश्यक मापदण्डमा कम्तीमा २५ विगाहा जमिन र ५० करोडको अक्षकोष आवश्यक पर्ने उल्लेख छ । कार्यक्रममा उपस्थित सहभागिहरुले सरकारले ताकेको मापदण्ड पुरा भएको र प्रदेश सरकारले नै बिश्व बिद्यालय सञ्चालन गर्न पाउने ब्यवस्था संबिधानमा समेत उल्लेख गरिएकाले मानित बिश्व बिद्यालयका लागि स्विकृती प्रदान गर्न सकिने बताएका थिए ।

कार्यक्रममा रुपन्देहीका बुटवल उपमहानगर सहित ५ वटा नगरपालिकाका नगर प्रमुख सहित रुपन्देहीमा क्रियाशिल संघ संस्था, उद्योगी, ब्यवसायीक संगठनका प्रतिनिधिहरुले लुम्बिनी क्याम्पसलाई मानित विश्व विद्यालयका रुपमा रुपान्तरण गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । लुम्बिनी क्याम्पसले हाल त्रिभुवन विश्व विद्यालयका बिबिए एफए, बिबिएम, बिएमएस, एमबिए बिएफ, एमबि एस एफ का कार्यक्रमहरु प्राज्ञिक स्वायत्तता सहित सञ्चालन गर्दै आएको छ । क्याम्पसमा हाल ४ हजार ४ सय ९३ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ३४ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको