२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बैंक तथा वित्तीय संस्थालाई सबै शाखा कार्यालय खोल्न राष्ट्र बैंकको निर्देशन



काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै ‘सिफ्ट सिस्टम’ हटाई सम्पूर्ण सुरक्षाको पालना गर्दै सामाजिक दूरी कायम गरी शाखा कार्यालय खोल्न निर्देशन दिएको हो ।

कोरोनाको संक्रमण बढेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले सरकारले लकडाउन गरपछि ‘सिफ्ट सिस्टम’लागु गर्दै सीमित संख्यामा शाखा कार्यालय सञ्चालन गरेका थिए ।

बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।

केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउन समेत निर्देशन दिएको छ । यस्तै राष्ट्र बैंकले विद्युतीय कारोवारलाई समेत प्रोत्साहन गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : ३९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%