१९ पुस २०८१, शुक्रबार | January 3, 2025

नेकपा : शीर्ष नेतृत्वको सत्ता लिप्साले थला परेको पार्टी



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको अन्तसंघर्ष उचारचढावपूर्ण रुपमा अघि बढिरहेको छ । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक अन्तरसंघर्ष चर्किएकै कारण असार १६ गतेदेखि अवरुद्ध जस्तै बन्दै आएको छ । पटकपटक स्थायी कमिटी बैठकको दिन र समय तोकिने अन्तिम समयमा आएर स्थगित हुने भैरहेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमारबीच कुरा नमिल्दा नेकपा अन्तसंघर्षको रमिता सडकमा पोखिँदै गएको छ ।

तिब्र विवादलाई मिलाउन स्थायी कमिटी बैठक स्थगित गर्दै अध्यक्षद्वय ओली र प्रचण्डबीच जतिपटक छलफल भएपछि कुनै सहमति भएको छैन । पछिल्लो पटक अध्यक्षद्वयको छलफलमा नेता नेपाल पनि मिसिए । शनिबार सचिवालय बैठक बस्यो । बजारमा अनेकौं हल्ला आए । पार्टी सहमतिमा पुग्यो । दुई अध्यक्षहरुबीच सहमति भयो भन्ने हल्ला फैलियो । दुवै अध्यक्षले राष्ट्रपतिलाई भेट गरेपछि त अब शितल निवासबाटै सहमति निस्कियो भन्ने समाचार शनिबार रातिदेखि नै फैलिँदै गयो ।

तर, आइतबार पुनः नमिलेको विषय सार्वजनिक भयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको आफु निकटका नेताहरु एवं नेपाल समुहका नेताहरुसँग बताएका छन् ।

अध्यक्ष ओलीले अहिले आफुले कुनै पदबाट राजीनामा नगर्ने बरु मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएपछि प्रचण्ड समेत सहमतिमा पुगेको भन्ने शनिबारको समाचारलाई आइतबार प्रचण्डले सत्य नभएको बताएका छन् । सचिवालय र स्थायी कमिटीका आफु निकट केही सदस्यहरुसँग भएको भेटमा प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको बताएका छन् । ‘हाम्रो कुनै सहमति भएको छैन, छलफल गरौंसम्म भनेको हुँ’ ।

यतिबला ओली सचिवालय र स्थायी कमिटीमा अल्पमतमा देखिएका छन् । तर, नेकपा भित्रको दुःख कस्तो छ भने ओलीले प्रचण्ड र नेपाललाई शंका गर्ने, प्रचण्डले ओली र नेपाललाई शंका गर्ने, नेपालले ओलीलाई र प्रचण्ड दुवैलाई विश्वास नगर्ने । तर, सत्ता र शक्ति प्राप्तिका लागि भने यी तीन समुहमध्ये दुई समुह मिल्ने पर्ने बाध्यता रहने ।

पार्टी एकता गर्दा ओली र प्रचण्डको मजबुद एकता देखियो, त्यो एकता दुई वर्ष पनि टिकेन । यतिबेला प्रचण्ड र नेपालको अर्को एकता देखिएको छ त्यो पनि सत्ता प्राप्तिमा मात्र केन्द्रित छ । किनकी, यतिबेला पनि माधव नेपाल समुहले प्रचण्ड समुहलाई पूर्ण स्वीकार गरेको देखिदैन ।

आइतबार प्रचण्ड ब्रिफिङ गरे, ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन। सहमति बिनै अर्ली महाधिवेशनको कार्ड उपयुक्त पनि छैन र कार्यान्वयन पनि सम्भव छैन ।’

शनिबार ओली र प्रचण्ड बीचमा मात्र सहमति भयो भन्ने वित्तिकै माधव नेपाल समुहले आलोचना गरेको थियो । आफुलाई वाइपास गरेर कुनै सहमति हुन नसक्ने नेपाल समुहको अडान रहँदै आएको छ । अहिलेको अवस्थामा प्रचण्डले नेपाल समुहलाई छोडेर एक्लै हिँड्न सक्ने अवस्थामा छैनन् । किनकी, पार्टीको सत्तामा मजबुतीका लागि या राज्य सत्ताको नेतृत्व प्राप्तिका लागि प्रचण्डका लागि माधव नेपाल समुह आवश्यक छ । ओलीलाई ठेगानमा राख्नका लागि प्रचण्डको साथ लिनु नेपाललाई बाध्यता छ । यही बाध्यता र अप्ठारोका कारण सिंगो पार्टी भने संयुक्त मोर्चा जस्तो बनेको छ ।

सहमतिका लागि भन्दा पनि आआफ्नो अडानलाई थप परिपक्क बनाउन र थप खेल्नका लागि शिर्ष नेताहरुबीच यौटा विषयमा अभूतपूर्व सहमति बन्दै आएको छ । पार्टीको बैठक निरन्तर स्थगित गर्दै जाने । भन्दा अब स्थगित हुँदैन भनेपनि बैठक एकपछि अर्को स्थगित हुँदै जाँदा स्थायी कमिटी सदस्यहरु नै आक्रोशित बन्न थालेका छन् । ‘नेताहरुको व्यक्तिगत स्वार्थ पूर्ति गर्नैका लागि हामीहरुलाई समेत उपयोग गर्न थालियो’, एक स्थायी कमिटी सदस्यले आक्रोश पोखेका छन् ।

नेकपाकै नेताहरु भन्छन्, ‘केपी ओलीको अहंकार, प्रचण्डको अस्थिरता, माधव नेपालको कुण्ठा, झलनाथ खनालको ईष्या । नेतृत्वको मनोवैज्ञानिक समस्याले पार्टी समाप्त हुँदै गएको छ ।’

शीर्ष नेतृत्वको सत्ता स्वार्थका कारण शक्तिशाली भनिएको नेकपा सबैभन्दा कमजोर बनेको छ । नेकपाका नेता कार्यकर्ता भने निरास बनेका छन् । पार्टी फुटे मन्त्री बनौंला या पार्टीको ठूलो पदमा पुगौला भनेर खुट्टा उचालेका नेताहरुबाहेक अन्यले यतिबेला पार्टीको नाममा मुख देखाउन समेत लाज हुने अवस्था देखिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ३ : ०६ बजे

गाउँभरि केराखेती, बजारको अभाव

म्याग्दी । एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

बझाङ । मष्टा गाउँपालिका-१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना

भारत । भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा