७ बैशाख २०८२, आइतबार | April 20, 2025

प्रहरीको कुटाईबाट कोभिड–१९ पोजेटिभ केसका बिरामीको हात भाँचिएपछि



बाँके । प्रहरीको कुटाईबाट कोभिड–१९ पोजेटिभ केसका बिरामीको हात भाँचिएपछि प्रहरीले कुटपिटको घटना लुकाउनकै लागि उपचारको बहानामा बाँके ल्याएको छ ।

सुर्खेतको सिम्ता–८ राकममा स्थापना गरेको क्वारेन्टाईनमा उपचारत कोभिड–१९ पोजेटिभ ३५ वर्षीय पुरुषको प्रहरीसँग बिबाद भएपछि प्रहरीले प्रहार गरेको लठ्ठीले लागेर देब्रेहातको नाडि भाँचिएको थियो ।

कुटाईको घटना लुकाउन प्रहरीले स्थानीयस्तरमा नै उपचार हुन सक्ने केशलाई पनि उपचारको बहानामा बाँकेको कोहलपुर ल्याएको हो । सुर्खेतको स्थानीय अस्पतालमा उपचार गराउँदा प्रहरीको कुटाई सार्वजानिक हुने भएपछि उनलाई उपचारका लागि बाँके ल्याइएको प्रहरी स्रोतले बताएको छ ।

असार ३१ गते घटेको सो घटनालाई सुरुमा स्थानीय स्तरमै गुपचुप राख्न एता उता डुलाईए पनि ती पुरुषमा कोरोना पुष्टी भएका कारण चारदिन पछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको हो ।

घाईते संक्रमित पुरुष नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक डा. दिनेश श्रेष्ठले बिरामीको कोहलपुरमा उपचार चलिरहेको जानकारी दिए ।

कोरोना पुष्टि भएर क्वारेन्टाईनमा बसिरहेका ति पुरूषको गत असार ३१ गते क्वारेन्टाईनमा नै सुरक्षाका लागि ड्युटी बसेका प्रहरीसँग विवाद भएको थियो । विवाद बढ्दै गएपछि प्रहरीले लाठीले प्रहार गर्दा उनको हात भाँचिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ३३ बजे

सम्झौताको नौ वर्षपछि कञ्चनपुरको दोदामा पुल निर्माण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

आईपीएल : राजस्थान माथि लखनउको नाटकीय जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान

दुई दशकपछि सडक स्तरोन्नति

बागलुङ । निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र

आज बुटवलमा जितगढी विजय उत्सव मनाइँदै, किन मनाइन्छ विजय उत्सव ?

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा