२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

अख्तियारमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ ।

आयोगको विगत ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो । सो अवधिमा अख्तियारले सबैभन्दा बढी घुस (रिसवत) लेनदेनका २०६ तथा नक्कली शैक्षिक प्रमाणपत्रका ८५ वटा मुद्दा दायर गरेको छ ।

यसैगरी, सार्वजनिक सम्पत्ति हिनामिनाका ७४, गैरकानुनी लाभहानिका ३६, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ तथा विविधका १० वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारले अकुत सम्पत्ति आर्जनका १८ मुद्दामा १ अर्ब ९ करोड ६१ लाख ९४ हजार ७१ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगका अनुसार आव २०७६/७७ मा आयोगमा २४ हजार ८ सय ९० उजुरी दर्ता भएको थियो । १६ हजार ५ सय ८६ वटा उजुरी फछ्र्योट भएको र १ हजार १ सय १४ को विस्तृत अनुसन्धान गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले दर्ता गरेकामध्ये १ करोड रुपैयाँभन्दा बढी बिगो कायम भएका मुद्दाको संख्या २८ रहेको छ । ३ वैशाख २०७७ मा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कार्यरत एक्सरे प्राविधिक राजकुमार ढकालविरुद्ध २ करोड २ हजार ८ सय रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गर्‍यो ।

अख्तियारले उनीसहित सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती निरजरा घिमिरेलाई मुद्दामा प्रतिवादी बनाएको छ । उनको जग्गा लुकाएका राममणि लामिछानेले अनुसन्धानमा सहयोग गरेकाले सहुलियत पाएका छन् । ढकालले आफ्नी श्रीमतीको नाममा घरजग्गा खरिद र बैंक खातामा रकम राखेको भेटिएको थियो ।

त्यस्तै, ३० असारमा अख्तियारले शिक्षा सेवाका उपसचिव मनप्रसाद रेग्मीले साढे ४ करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बर्दियाको बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा शिक्षा युवा तथा खेलकुद शाखामा उपसचिव पदमा कार्यरत रेग्मीविरुद्ध बिगो ४ करोड ५४ लाख ३३ हजार ६९८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको थियो । उपसचिव रेग्मीले अवैध कमाइबाट आर्जित सम्पत्ति पत्नी र छोरीको नाममा समेत दर्ता गरेकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि दुवैलाई समेत प्रतिवादी कायम गरिएको थियो ।

१९ असारमा आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र चाकुपाट ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यसँग २ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

यस्तै, १६ असारमा नेपाल विद्युत् प्राधिकरणका फोरमेन टहलबहादुर कार्कीमाथि १ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ३१ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने