२ बैशाख २०८२, मंगलबार | April 15, 2025

कोरोनाका कारण सप्तरीका एक जना संक्रमितको मृत्यु




धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका ६ का ७३ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

ब्यापारको शिलशिलामा भारतको विभिन्न व्यापारीक सहरमा आउजाउ गर्ने गरेको उनलाई भारतबाटै संक्रमण सरहेको अनुमान गरिएको छ । स्थास्थ्य कार्यालयका अनुसार उनको धरानमा उपचारकै क्रममा स्वाव संकलन गरि परीक्षणक लागि पठाईएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु प्रवक्ता डाक्टर सापकोटाले बताए ।

मृतक प्रदेश २ सप्तरीका स्थायी बासिन्दा भए पनि प्रदेश १ मा उपचारका क्रममा मृत्यु भएको यो पहिलो घटना भएको बताईएको छ ।

थप १ जनाको मृत्युसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेका संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ४० बजे

प्रचण्डले गरे रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन

नवलपुर । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै

सरकारले अपेक्षाकृत काम गर्न सकेन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले नागरिकका अपेक्षाकृत

गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना हुँदा तीन जना घाईते

गुल्मी । कालीगण्डकी गाउँपालिका गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना हुँदा तीन

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६