७ बैशाख २०८२, आइतबार | April 20, 2025

४३ करोड सहकारीको रकम हिनामिनाका मुख्य नाईके चौधरी कारागार चलान



नेपालगञ्ज । ४३ करोड हिनामिना भएको मुद्दामा अभियुक्त बनाईएका सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

झण्डै १ वर्ष अगाडी ४३ करोड रुपैयाबढी हिनामिना भएको खुलासा भए लगत्तै सहकारीका अध्यक्ष चौधरी फरार थिए । साउन मान्न लुकिछिपि घर आएका चौधरीलाई गत साता प्रहरीले नेपाल भारत सिमा जमुनाहाबाट पक्राउ गरेको थियो । चौधरीलाई बिहीबार अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।

प्रहरीले अदालतमा पेश गरेको मुद्दामा सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्येमा अध्यक्ष चौधरीसहित आठ जना कारागार पुगेका छन् । कारागार पुग्नेमा गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक, गौरव श्रेष्ठ, बलराम यादव, सूर्य विक र रविन्द्र थापा रहेका छन् ।

बाँके प्रहरीका अनुसार, २७ जना प्रतिवादी अदालतमा उपस्थित भएका छन् । अदालतमा उपस्थित भएका मध्य गौरव श्रेष्ठ र रबिन्द्र थापालाई अदालतले कारागार चलान गरेको थियो । सहकारीका संचालकहरु सहित ६ जना अझै फरार रहेका छन् ।

सहकारी पीडितहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । अध्यक्ष चौधरी पक्राउ परेपछि आफहरुले जम्मा गरेको निक्षेप रकम फिर्ता हुनेमा आशाबादी भएका पीडितहरु बिहीबार अदालत आसपासमा पुगेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : १४ बजे

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

बेनी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी

कुलमानलाई विद्युत प्राकिरणबाट हटाएको विरोधमा महोत्तरीमा नागरिक समाजको प्रदर्शन

महोत्तरी। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशोध

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५०

सम्झौताको नौ वर्षपछि कञ्चनपुरको दोदामा पुल निर्माण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले