२१ माघ २०८१, सोमबार | February 3, 2025

प्रदेश ५ सरकारको कोभिड नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपालको १ करोड सहयोग



बुटवल । प्रदेश ५ सरकारले स्थापना गरेको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषका लागि सूर्य नेपाल प्रालीले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आयोजित एक कार्यक्रमकाबीच प्रालीका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्री पोखरेललाई १ करोड रकमको चेक हस्तान्तरण गरे ।

सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कोषमा भएको रकम खर्च गर्ने छुट्टै कार्यविधि र संयन्त्र रहेको र कोरोना संक्रमण निर्मूल नहुन्जेलसम्म कोषमा भएको रकम अन्यत्र खर्च नहुने बताए । पोखरेलले कोभिड-१९ कोषमा रकम सहयोग गरेकोमा सूर्य नेपाललाई धन्यवाद ज्ञापन गरे ।

पोखरेलले प्रदेशमा करिब ४ हजार संक्रमित फेला परेकोमा अहिले भने ८० प्रतिशत भन्दा धेरै व्यक्ति निको भएर घर फर्किएको जानकारी दिए ।

उनले प्रदेश ५ मात्र नभई ५२ वटा जिल्लाका नागरिकहरु भारतबाट यहि प्रदेशका नाका प्रयोग गरि भित्रिँदा एकैपटक धेरै संक्रमित फेला परेको भएपनि अहिलेभने अवस्था नियन्त्रणतर्फ गएको बताए ।

मुख्यमन्त्री पोखरेललाई चेक हस्तान्तरण गर्दै सूर्य नेपालका उपाध्यक्ष केसीले कोरोना कोषमा उपलब्ध गराएको रकम कोरोना नियन्त्रण तथा उपचारका लागि उपकरण खरिदमा खर्च गर्न आग्रह गरे ।

सूर्य नेपालले प्रत्येक प्रदेशलाई १,१ करोड सहयोग गर्ने यस अघि नै घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ०७ बजे

नारायणघाट-बुटवल सडक विस्तारले गति लिँदै

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग

राष्ट्रपतिद्वारा हनुमानढोकामा वसन्त श्रवण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा सोमबार बिहान वसन्तपुर

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा

जसपा नेपालको बैठक आज पनि जारी रहने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब

काठमाडौं । मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३