काठमाडौं। ग्लोबल आइएमइ बैंकले निक्षेपको ब्याज दर घटाएको छ।
यसअघि बैंकर्स संघले ब्याजमा गरिएको सहमति खारेज गरेपछि ग्लोबलले बुधबार ब्याजदर घटाएको हो। ग्लोबलले बचतसँगै मुद्दती निक्षेपको ब्याज पनि घटाएको छ साथै बैंकले बचतको ब्याज दर आधा प्रतिशत ले घटाएको छ।
अव बैंकले बचतमा ३ देखि ५ प्रतिशत ब्याज दिने भएको छ।बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याज दर सातबाट साढे ६ प्रतिशतमा झारेको छ। यस्तै बैंकले मुद्दती निक्षेपको ब्याज दर पनि आधा प्रतिशत बिन्दुले घटाएको छ।
प्रतिक्रिया