२ माघ २०८१, बुधबार | January 15, 2025

नेपालगन्ज नगरका धेरै योजना अलपत्र, सञ्चालनका लागि समय थप गर्न माग



नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण सङ्घ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै योजना सञ्चालनको समय थप गर्न माग गरेको छ ।

उपमहागरपालिकाको मङ्गलबार सम्पन्न सातौँ नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आह्वान गर्न नसकिएकाले अधिकांश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो ।

“अर्थ मन्त्रालयले पिएमओ (सार्वजनिक बोलपत्र आह्वान)मार्फत ठेक्का आह्वान गर्न दिएन”, नगर प्रमुख डा. धवलशम्शेर राणाले भने, “लकडाउन खुकुलो भएपछि आर्थिक वर्षको अन्तिम महिना शुरु भयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् ।”

नगरसभा समापनका अवसरमा चालु आर्थिक वर्ष ०७६÷७७ मा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने पाँच वडा कार्यालयलाई सम्मान गरिएको छ । चालु आवमा सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने वडा कार्यालयहरु १, २, ४, १० र १८ लाई नगरसभामा सम्मान गरिएको हो ।

यसैगरी उपमहानगरपालिकाबाट हालै सेवा निवृत्त हुनुभएका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेललगायत एक दर्जनभन्दा बढी कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा राणाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपमहानगरपालिका–६ स्थित फुल्टेक्रा ताल र कर्बलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि जग्गा बाँडफाँटमा सहमति जुटेको हो ।

बैठकमा रङ्गशाला निर्माण, मुस्लिम समुदायको कर्बला निर्माण, वडा नं। ६ को कार्यालय तथा हिन्दूहरुको मुर्चुवा पूजास्थल निर्माण गर्ने प्रस्ताावित नक्सालाई बैठकले समान्य हेरफेर गरी पारित गरेको छ ।

राजनीतिक दलका नेता, मुस्लिम र हिन्दू समुदायका अगुवा र वडाका जननिर्वाचित जनप्रतिनिधिहरू सहभागी रहेको बैठकले नक्साअनुसार बन्ने भौतिक संरचना निर्माणका लागि उपमहानगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बैठकमा नगर प्रमुख डा. राणाले लामो समयको प्रयासपछि रङ्गशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य शुरु गर्ने बताए । रङ्गशाला निर्माणका लागि यस वर्ष माटो पटान र पर्खाल निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको क्रिकेट मैदान स्थान छनौट समितिका संयोजक तथा वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमालले जानकारी दिए ।

उक्त स्थानमा रहेको ११ बिघा छ कठ्ठा जग्गा मध्ये रङ्गशालाका लागि तीन बिघा तीन कठ्ठा, पेभिलियनका लागि पाँच कठ्ठा, कर्बलाका लागि तीन बिघा, हिन्दू मुर्चुवाका लागि दुई विघा तीन कठ्ठा र वडा कार्यालयको भवन निर्माणका लागि तीन कठ्ठा जग्गा छुट्याइएको नगर प्रमुख राणाले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ३८ बजे

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत

अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको

प्रीति आत्रेय ज्ञवालीको मणिराम लोकार्पण

बुटवल । नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति

सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा