३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था मिलाउन आग्रह



काठमाडौं । नेपाल किसान सङ्घले मुलुकभर बाढीपहिराबाट प्रभावितहरुलाई उचित राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढीपहिराका कारण ठूलो जनधनको क्षति हुनाका साथै हजारौँ नागरिक विस्थापित भएका छन् । सङ्घका सभापति भानुभक्त सिग्देलले मंगलबार एक विज्ञप्तिमार्फत यस दुःखद क्षणमा तत्काल उद्धार कार्यमा जुटी जनधनको क्षति न्यूनीकरण गर्दै प्रभावितहरुलाई राहतको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

साथै, उनले यस्तो विपत्को घडीमा सङ्घ सम्पूर्ण सदस्यहरुलाई उद्धार कार्यमा सक्रियताका साथ सरिक हुन पनि निर्देशनसमेत गरेका छन् ।

यस प्राकृतिक प्रकोपबाट दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्दै सङ्घले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : २९ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day